ट्राफिक नियम उल्लङ्घन गर्ने ६५ वटा सवारीसाधन कारबाहीमा

तु खबर संवाददाता
२०७८ माघ २१, शुक्रबार ०९:३४
file-photo

मकवानपुर । मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ६५ वटा सवारीसाधनलाई कारबाही गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुर र ट्राफिक प्रहरी कार्यालय मातहतबाट खटिएको प्रहरी चेकिङ्ग टोलीले बिहिबार जिल्लाको विभिन्न स्थानमा चेकिङ गर्ने क्रममा ६० वटा सवारीसाधनलाई कारबाही गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, जिल्लाको विभिन्न स्थामा प्रहरीले छड्के चेकजाँच गर्दा ट्राफिक नियम उल्लङ्घन गरेको पाइएकोले ती सवारीसाधनलाई कारबाही गरेको हो । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९, हेटौंडा–१५, मनहरी गाउँपालिका वडा नम्वर ६,९, र भीमफेदी गाउँपालिका वडा नम्वर १ भैसेलगायत स्थानमा चेकजाँच गरेको थियो । सोही क्रममा ट्राफिक नियम उल्लङ्घन गरी ओभर लोड बाक्ने टिपर, अटो र मोटसाइकललाई कारवाही गरिएको हो । मकवानपुर प्रहरीले केही दिनेदेखि दैनिक सवारीसाधन चेकजाँच गरिररहेको छ ।