आज नेप्से परिसूचक १४ अंकले घट्यो

तु खबर संवाददाता
२०७८ माघ २०, बिहीबार १५:३५

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहिबार नेप्सेमा पुनः गिरावट आएको छ । आज नेप्से परिसूचक १४ दशमलव ५८ अंक अर्थात् शुन्य दशमलव ५० प्रतिशतले घटेर २८७६ दशमलव ७५ विन्दु कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२४ कम्पनीको १ करोड ५७ लाख ८० हजार ७१३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६१ करोड २१ लाख ७४ हजार १६२ रुपैयाँको कारोबार भएको छ । सोही रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हाइड्रोपावर कम्पनीहरुको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज दुई समुह बाहेकका सबै सूचक राताम्य भएका छन् ।