एमाले प्रचार विभागमा ९ सदस्य मनोनित
काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा ९ जना सदस्य मनोनित भएका छन् । एमाले केन्द्रीय सचिवालयको बुधबार भक्तपुरमा बसेको बैठकले प्रचार विभागमा ९ जना सदस्य मनोनित गरेको हो । जसमा सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् ।
यसअघि मंसिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई जिम्मेवारी दिएको थियो । बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरुङले जनाकारी दिएका थिए ।
