आज सोनाम ल्होछार मनाइँदै, देशभर सार्वजनिक विदा
मकवानपुर । आज देशभर सोनाम ल्होछार मनाइँदैछ । तामाङ समुदायले हरेक वर्ष माघ शुक्ल प्रतिपदाका दिन नयाँ वर्षको रुपमा मनाइने उक्त पर्व आज परेको हो । नयाँ वर्षको स्वागतमा पितृपूजा, कूलपूजा र प्रकृतिको पूजा गरेर ल्होछार मनाउने गरिन्छ ।
ल्होछारको अवसरमा छोरीचेलीलाई डाकेर टीका तथा प्रसाद लगाइदिने चलन रहेको छ । मञ्जुश्री पात्रोअनुसार आजदेखि २८५८ औं वर्ष सुरु भएको छ । आजदेखि गाई वर्ग पुरा गरी बाघ वर्षमा प्रवेश गरेको मानिन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा वर्षलाई विभाजन गरिएको हुन्छ ।
सोनाम ल्होछारका अवसरमा नेपाल सरकारले सार्वजनिक विदा दिएको छ । यस्तै, मकवानपुर जिल्लाका बागमती, बकैया, कैलाश राक्सिराङ, इन्द्रसरोवार, मनहरी गाउँपालिकालगायतका विभिन्न स्थानीय तहहरुले सार्वजनिक विदा दिएको छ ।
