नवलपुरमा अटो चालक मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०७८ माघ १८, मंगलवार १४:४६
सांकेतिक तस्वीर

 

काठमाडौँ । नवलपुरको कावासोतीमा अटो चालक मृत अवस्थामा भेटिएका छन् । कावासोती नगरपालिका वडा नम्वर १३ गैरी निवासी ५२ वर्षीय माधवप्रसाद गिरी घर नजिकैको घोलमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । सडक छेउमा उनले चलाउने अटो रोकिएको छ र घोलको हिलोमा शव गाडेर माथिबाट कर्कलाको पातले छोपेर राखिएको अवस्थामा पाइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गएराति घरमै बसिरहेका गिरीलाई अपरिचित व्यक्ति आएर अटोमा पुर्याइदिन भनेपछि उनी घरबाट निस्किएका थिए । उनको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीको भनाई छ । प्रहरीले मृतकको शव निकालेर पोष्ट मार्टमको लागि पठाइएको र अनुसन्धानका लागि बागमती प्रदेश प्रहरी कार्यालयबाट विशेष तालिम प्राप्त कुकुर मगाइएको प्रहरीले जनाएको छ ।