आज १४ अंकले घट्यो नेप्से परिसूचक

तु खबर संवाददाता
२०७८ माघ १७, सोमबार १६:१५

काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १४ अंकले घटेको छ । नेप्से विहान केही समय २९०५ को बिन्दुमा पुगेर कारोबार बन्द हुँदा १४.४८ अंकले घटेर २ हजार ८७१ . ०५ बिन्दु कायम भएको छ ।

सोमबार नेप्सेमा एक करोड एक लाख पाँच हजार ६६९ कित्ता शेयर पाँच अर्ब १५ करोड ४१ लाख ७७ हजार ५९८ रुपैयाँमा कारोबार भएको छ । सोमबार अन्य समुह, लघुवित्त समुह तथा सामूहिक लगानी कोषको मूल्य बढेको छ । बैंक, बीमा, विकास बैंक तथा लगायतका अन्य सबै उप समुहहरु राताम्ये छन् । आज कारोबार खुम्चिएर नेप्से घट्दा ३ कम्पनीको शेयरमा भने सर्किट लागेको छ । फरवार्ड माइक्रोफाइनान्स, विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।