राष्ट्रियसभा बैठक पुनः अनिश्चितकालका लागि स्थगित

तु खबर संवाददाता
२०७८ माघ १६, आईतवार १६:०८
file-photo

काठमाडौं । राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगित भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सो कुराको जानकारी गराएका हुन् । जारी विज्ञप्तिमा विशेष कारणवश तोकिएको समयमा बैठक बस्न नसकेकाले अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएएको उल्लेख छ । यसअघि संघीय संसद सचिवालयले आइतबार बोलाइएको प्रतिनिधिसभाको बैठक पनि शनिबार सूचना निकालेर १० दिन पछि सारिएको थियो ।