सत्तारुढ गठबन्धनको दोस्रो बैठक सुरु
काठमाडौं । सत्ता गठबन्धनको दोस्रो बैठक सुरु भएको छ । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न गठबन्धनको बैठक साँझ पुनः बसेको हो । गठबन्धनको बैठक यसअघि शनिबार बिहान पनि बसेको थियो । सो बैठकमा स्थानीय निर्वाचनको मितिबारे छलफल भएपछि निश्कर्षमा भने पुग्न सकेको थिएन ।
साँझ सुरु भएको दोस्रो बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता सहभागी रहेका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारका जारी छ ।
