खेलकुद क्षेत्रमा सक्रिय सुवेदी कांग्रेस प्रवेश, बानियाँले गरे स्वागत

तु खबर संवाददाता
२०७८ माघ १५, शनिबार १४:१३

मकवानपुर । मकवानपुरमा खेलकुद एवं सामाजिक क्षेत्रमा सक्रिय रहेका छवि सुवेदी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । हटिया स्पोर्ट्स एकेडेमीका अध्यक्षसमेत रहेका उनी शनिबार कांग्रेस प्रवेश गरेका हुन् । उनलाई नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं संसदीय दलका नेता बानियाँले स्वागत गरेका छन् ।

कार्यक्रममा बानियाँले सामाजिक एवं खेलकुद क्षेत्रमा सक्रिय युवाहरू समाज रूपान्तरणका वाहक भएको भन्दै कांग्रेसमा युवाहरूलाई उचित जिम्मेवारी दिइने बताए । नवप्रवेशी सुवेदीले कांग्रेसको संगठनलाई मजबुद बनाउँदै खेल क्षेत्रको विकासको लागि लागि पर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा खेलकुद क्षेत्रमा सक्रिय व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।