रुखबाट लडेर मकवानपुरकी योञ्जनको मृत्यु
मकवानपुर । मकवानपुरमा रुखबाट लडेर एक जना युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी वडा नम्वर २ स्थित अदुवाखर्ककी २२ वर्षीय प्रमिला योञ्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
उनको बिहिबार साँझ घर नजिकै जंगलमा घाँस काट्न जाँदा रुखबाट खसेको घटनास्थल मै मृत्यु भएको प्रहरीले नायव उपरीक्षक रिमालले बताए । उनका अनुसार, घटना हिजो साँझको भएकोले घटनास्थललाई सुरक्षित राखेर आज बिहान मात्र आवश्यक अनुसन्धान र शवको मुचुल्का उठाउने काम गरिएको हो ।
