हेटौंडाको आधुनिक माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि
मकवानपुर । ब्रिटिस काउन्सिल नेपालले हेटौंडामा रहेको आधुनिक राष्ट्रिय माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको छ । काउन्सिलले मंगलबार एक कार्यक्रमबीच आधुनिक माविलाई अन्तर्राष्ट्रिय विद्यालयको उपाधि प्रदान गरेको हो । काउन्सिलले हरेक वर्ष नेपालका सरकारी तथा निजी विद्यालयको क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ साझेदारी गरी विद्यालयलाई अन्तर्राष्ट्रिय उपाधि प्रदान गर्दै आएको छ ।
विद्यार्थीका लागि विभिन्न १० वटा परियोजना लक्षित क्रियाकलाप गराउन काउन्सिलले सहजीकरण गर्नुका साथै केही सहयोग समेत गरेको थियो । काउन्सिलले निर्धारण गरेको मापदण्डमा रहेर आधुनिक माविले ४ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई विभिन्न १० वटा परियोजना कार्य गराएको परियोजना संयोजक शिक्षक सुरज बुढाथोकीले जानकारी दिए ।
