भीमफेदी कारागारमा एक कैदीको लडेर मृत्यु

तु खबर संवाददाता
२०७८ माघ ११, मंगलवार ०८:३९
file photo

मकवानपुर । मकवानपुरको भीमफेदीस्थित कारागारमा लागूऔषध मुद्दामा सजाय काटिरहेका एक केदीको लडेर मृत्यु भएको छ । भीमफेदी गाउँपालिका वडा नम्वर ६ मा रहेको उक्त कारागारमा सजाय काटिरहेका बाराको गढीमाई नगरपालिका–१० का ४५ वर्षीय अजयप्रसाद जैसवालको लडेर मृत्यु भएको कारागार प्रमुख मदन लामा थिङले जानकारी दिए ।

उनका अनुसार सोमबार बिहान शौचालय जाँदा लडेर बेहोस भएका जैसवाललाई भीमफेदीमा सामान्य उपचार गरी थप उपचारको क्रममा हेटौंडा अस्पताल ल्याइएको थियोे । उनको उपचारको क्रममा मृत्यु भएको हो । मृतक जैसवालको शव परिवारले बुझिसकेको बताइएको छ । जैसवाल अघिल्लो वर्षको भदौ महिनादेखि कैदसजाय काटिरहेका थिए । कारागारमा हाल ९ सय ९८ जना कैदी बन्दी तथा थुनुवाहरुले सजाय काटिरहेको कारागार व्यवस्थापनले जनाएको छ ।