निर्वाचनबारे माओवादीको आन्तरिक छलफल

तु खबर संवाददाता
२०७८ माघ ८, शनिबार १०:१७

काठमाडौं । राष्ट्रियसभा निर्वाचन तथा तीनै तहका निर्वाचनबारे छलफल गर्न नेकपा माओवादी केन्द्रले आन्तरिक छलफल गरेको छ । शनिबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय आयोगका अध्यक्षहरू तथा निवर्तमान स्थायी समिति सदस्यहरुसँग परामर्श गरेका हुन् ।

पार्टी मुख्यालयमा भएको बैठकमा राष्ट्रियसभा तथा तिनै तहका निर्वाचन, कोभिड–१९, पार्टीका आगामी योजनालगायत समसामयिक विषयमा छलफल भएको रमेश मल्लले जानकारी दिएका छन् ।