निर्वाचनको तयारीमा जुट्न प्रधानमन्त्रीको आग्रह

तु खबर संवाददाता
२०७८ माघ ७, शुक्रबार १७:०२
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीय, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारीमा लाग्न आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै एक वर्षभित्रै तीन तहको निर्वाचन गर्नुपर्ने बताउँदै त्यसतर्फ लाग्न सबै सरोकारवालालाई आग्रह गरेका हुन् ।

उनले संविधानको कार्यान्वयन, शान्ति सुरक्षाको प्रत्याभूति, विभिन्न पक्षसँग भएका सहमति कार्यान्वयन गर्ने प्रदेश र स्थानीय तहका सरकारलाई सबलीकरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकता दिएको बताए । प्रधानमन्त्री देउवाले कोरोना महामारी सामना गर्नका लागि खोप नै प्रभावकारी माध्यम रहेको भनेर नै ६ महिना अघि आफूले सरकारको जिम्मेवारी सम्हाल्दा चैतसम्ममा खोप लगाउने योग्य सबैलाई खोप लगाउने प्रतिवद्धता जारी गरेको र अहिले पनि खोप अभियान जारी रहेको बताए ।