हेटौंडाको ओम वृद्धाश्रमलाई इलेक्ट्रिक हिटर
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–२, चौकीटोलस्थित ओम वृद्धाश्रमलाई १० वटा इलेक्ट्रिक हिटर हस्तान्तरण गरेको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले बिहीबार एक कार्यक्रमबीच वृद्धाश्रमको व्यवस्थापन समितिलाई हिटर हस्तान्तरण गरेका हुन् ।
जाडो समयमा वृद्धवृद्धाहरुलाई धेरैनै समस्या हुने भएकाले हिटर हस्तान्तरण गरिएको मेयर महतले बताए । उनले वृद्धाश्रममा आश्रीत वृद्धवृद्धाहरुका लागि स्थानीय सरकारले विभिन्न सहयोग गर्दै आएको र आगामी दिनमा पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उपमहानगरपालिकाले हेटौंडामा रहेका विभिन्न वृद्धाश्रम, मानब सेवा आश्रमलाई सहयोग गर्दै आएको छ ।
