मकवानपुरका थप १८१ जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार १५:५३
file-photo

मकवानपुर । मकवानपुरमा आज १ सय ८१ जना कोरोनाको संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा १ सय ८९ जनामा पीसीआर र ७१ जनामा एन्टीजेन प्रविधिबाट परीक्षण गर्दा क्रमशः १३३ जना र ४८ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

यससँगै जिल्लामा सक्रिय संक्रमितको संख्या १ हजार २६८ पुगेको छ । पछिल्लो २४ घण्टामा जिल्लामा ३ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार हाल संस्थागत आइसोलेसनमा बस्नेको संख्या ९, होम आइसोलेसनमा बसेको संख्या १ हजार २५९, संक्रिय संक्रमितको संख्या १ हजार २६८ र हालसम्म संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १७० रहेको छ । त्यस्तै हालसम्म २ लाख ८२ हजार १७३ जनाले कोभिड १९ विरुद्धको खोपको पहिलो मात्रा लगाएका छन् भने २ लाख ४०४ जनाले खोपको पूर्ण मात्रामा लगाएका छन् ।