आज सत्तारुढ गठबन्धनको बैठक बस्दै

तु खबर संवाददाता
२०७८ माघ ६, बिहीबार ०८:३६
file-photo

काठमाडौं । स्थानीय तहको चुनावको मिति तयलगायतका विभिन्न विषयमा छलफल गर्न सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ ।​ आगामी जेठ ५ गते स्थानीय तहको म्याद सकिने र संविधान अनुसार म्याद थप गर्न नपाउने व्यवस्थालाई मध्येनजर गर्दै बैठक बस्न लागेको हो ।

निर्वाचन आयोगले सरकारले माघ पहिलो साताभित्र स्थानीय तहको म्याद तोकिदिन आग्रह गरेपछि मंगलवार बसेको बैठकले कुनै निष्कर्ष दिन नसके पनि बिहीवार पुनः बैठक बस्न लागेको हो ।