हेटौंडामा मास्क कारोबजारी गर्ने थप एक जना पक्राउ

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १५:५२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले मास्क कालोबजारी गर्ने थप एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १ स्थित सम्पूर्ण फार्मेसीका संचालन ३२ वर्षीया सजिता पोखरेललाई पक्राउ गरेको हो । हेटौंडा–९ घर बस्ने उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आज (बुधबार) बिहान पक्राउ गरेको हो ।

उनलाई तोकिएको भन्दा बढी मुल्य लिएर मास्क विक्रीवितरण गरेको कसुरमा पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । मकवानपुर प्रहरीले यसअघि मंगलबार पनि  हेटौंडा–१ स्थित अन्सारी फार्मेसी संचालक र सक्षम औषधि पसल संचालकलाई पक्राउ गरेको थियो । प्रहरीले मास्क कालोबजारी गरेको जनगुनासो र निवेदन आएपछि स्थानीय प्रशासनले बजार अनुगमन गरेको थियो ।