आश्रमलाई चार लाख बराबरको औषधी हस्तान्तरण

तु खबर संवाददाता
२०७८ माघ ५, बुधबार १३:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ९ मा रहेको मानव सेवा आश्रमलाई चार लाख रुपैयाँ बराबरको औषधी हस्तान्तरण गरिएको छ । हेटौंडा–९ को वडा कार्यालयले आश्रमलाई औषधी हस्तान्त्रण गरेको हो । उक्त औषधी वडाध्यक्ष लक्ष्मण प्रसाद भण्डारीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई औषधी हस्तान्तरण गरेका हुन् ।

आश्रमका अध्यक्ष अधिकारीले आश्रममा आश्रीतहरु सबैजसोलाई मनोरोग लगायतका विभिन्न रोगबाट समस्या भइरहेको अवस्थामा वडाले औषधी सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । आश्रममा हाल २ सय जना आश्रीत रहेका छन् । औषधि हस्तान्तरण कार्यक्रममा वडाध्यक्ष भण्डारी, आश्रमका अध्यक्ष अधिकारी, आश्रममा कार्यरत कर्मचारी तथा पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।