सपिङ मलमा २५ जनालाई मात्रै प्रवेश गर्न दिइने
काठमाडौं । सरकारले सपिङ मल, डिपार्टमेन्ट स्टोर तथा पार्टी प्यालेसहरु सशर्त संचालन गर्न दिइने भएको छ । सरकारले सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिइने निर्णय गरेको हो ।
सरकारद्वारा जारी आदेशअनुसार अब सपिङमल तथा डिपार्टमेन्ट स्टोरहरुमा एक पटकमा २५ जना मात्र प्रवेश गर्न दिइने छ । साथै मास्क अनिवार्य गरिएको छ । यस्तै, पार्टी प्यालेसहरु प्रमुख जिल्ला अधिकारीबाट पूर्वस्वीकृति लिएर विवाह, ब्रतबन्ध जस्ता धार्मिक सांस्कृति कार्य सञ्चालन गर्न सक्नेछन् । तर, कुल क्षमताको एक तिहाइ मात्र चलाउनुपर्ने र बढीमा ५० जना मात्र उपस्थित हुन पाउनेछन् ।



