प्रतिनिधिसभा बैठक स्थगित

तु खबर संवाददाता
२०७८ माघ २, आईतवार १५:०६
file-photo

काठमाडौं । प्रतिनिधिसभाको बैठक माघ १६ गतेसम्मका लागि स्थगित भएको छ । संघीय संसदका महासचिव भरतराज गौतमले आइतबार सूचना जारी गर्दै यसअघि माघ ३ गते सोमबार १ बस्नेगरी बोलाइएको प्रतिनिधि सभाको बैठक कोरोनाको कारण देखाउँदै माघ १६ गते बस्नेगरी स्थगित गरेको जानकारी गराएको हो ।

उनले कोभिड संक्रमणका कारण माघ ३ मा बोलाइएको बैठक बस्न नसक्ने भएकाले माघ १६ गते आइतबार दिउँसो १ बजे बस्नेगरी समय र परिवर्तन गरिएको बताए । यसअघि राष्ट्रिय सभाको बैठक पनि अनिश्चित कालका लागि आजै स्थगित गरिएको सुचना संसद सचिवालयले जारी गरेको थियो ।