बैंक खाता खोल्न हिँडेकी टिउकीको बीच बाटोमै मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २९, बिहीबार १६:२०
सांकेतिक तस्वीर

कालिकोट । बैंक खाता खोल्नको लागि घरबाट हिँडेकी ६० बर्षीया वृद्धाको बीच बाटोमा नै मृत्यु भएको छ । कालिकोट जिल्लाको पलाँता गाउँपालिका वडा नम्वर ३ पनेराकी टिउकी बमको बैंक जाने क्रममा बृद्धाको बाटोमै मृत्यु भएको हो । पालिकाले बैंक खाता नभइ वृद्धभत्ता नदिने भनेपछि उनी खाता खोल्न करिब १० किलोमिटर टाढाको थिर्पु जादै थिइन । सोही क्रममा उनको ज्यान गएको हो ।

१० किलोमिटर हिडेर खाता खोल्न जानु पर्ने भएपछि उनी बिहीबार बिहानै घरबाट हिडेकी थिइन् । वृद्धावस्था र शारीरिक रुपमा पनि अस्वस्थ हुँदाहुँदै उनी घरबाट निस्केको स्थानीयले बताएका छन् । उनी पलाँताको थिर्पुमा रहेको नबिल बैंकमा खाता खोल्न आउँदै थिइन् ।