मिलमा सल बेरिएर महिलाको मृत्यु

तु खबर संवाददाता
२०७८ पुष २८, बुधबार १५:२५
सांकेतिक तस्वीर

अछाम । चौरपाटी गाउँपालिका–४ पायलका एक महिलाको कुटानी पिसानी मिलमा सल बेरिएर मृत्यु भएको छ । साँफेबगर नगरपालिका–१ बैजनाथमा रहेको आफ्नै कुटानी पिसानी मिलमा सल बेरिएर ५१ वर्षीया सुन्तला बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोहराको घटनास्थलमै मृत्यु भएको मृतकका श्रीमान शंकरमान बोहराले जानकारी दिए । धान कुट्ने क्रममा सल बेरिएको हो । मृतक बोहराको शरीर दुई भाग भएको छ । उनका दुई छोरा दुई छोरी छन् ।