पुस २७ गते सार्वजनिक विदा

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार १०:१४

नुवाकोट । नुवाकोट जिल्लाको विदुर नगरपालिकाले यही पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरेको छ । नगरपालिकाले पृथ्वी जयन्तीको अवसरमा सनर्वाजनिक विदा दिने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले आइतबार एक विज्ञप्ति जारी गरी पुस २७ गते सार्वजनिक विदा दिने निर्णय गरिएको जानकारी दिएका हुन् ।

नगरपालिकाको गत पुस ९ गते बसेको नगरसभाको बैठकको निर्णयअनुसार राष्ट्रिय एकीकरण दिवसको अवसरमा सार्वजनिक विदा दिने निर्णय भएको मरासिनीले बताएका छन् । विज्ञप्तिमा नगरपालिका अन्तर्गतका सम्पूर्ण कार्यालयहरु (वडा कार्यालय, स्वास्थ्य संस्था, विद्यालय) लाई सार्वजनिक विदा दिइएको उल्लेख छ ।