एमाले बाराको जिल्ला अधिवेशन पुस २८ र २९ गते

तु खबर संवाददाता
२०७८ पुष २६, सोमबार ०९:०६

बारा । नेकपा एमाले बाराको १० औं जिल्ला अधिवेशन यही पुस २८ र २९ गते हुने भएको छ । जिल्ला मुल ब्याबस्थापन कमिटी बाराको बैठकले एमाले जिल्ला अधिवेशन पुस २८ र २९ गते कलैयामा गर्ने निर्णय गरेको हो ।

बैठकले अधिवेशनमा विभिन्न इकाइ क्षेत्र र आयोजक गरि ८ सय प्रतिनिधि सहभागी गराउने निर्णय गरेको मुल ब्याबस्थापन कमिटीका सदस्य मनोज पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्ला कमिटि सदस्य स्वत प्रतिनिधि हुनेछ्न, प्रत्येक वडाबाट सगठित सदस्यबाट एक÷एक जना निर्वाचित भएर आउने छ्न् । त्यसैगरी उपमहानगरपालिकाबाट १० जना महिला र ५ जना दलित, नगरपालिकाबाट ७ जना महिला र ३ जना दलित, गाउँपालिकाबाट ५ जना महिला र २ जना दलित संगठित सदस्यबाट निर्वाचित हुनेछ्न ।

त्यसैगरी प्रत्येक जन संगठनबाट २ जनाका दरले संगठित सदस्यमध्येबाट निर्वाचित हुनेछ्ने् । त्यसैगरी बैठकले उधोग प्रतिष्ठानबाट १÷१ जनाका दरले प्रतिनिधित्व गराउने र प्रतिनिधि चयन गर्दा सम्बन्धीत पालिका तथा वडाध्यक्ष र जिल्ला तथा प्रदेश कमिटी सदस्यहरुको उपस्थितिमा चयन निर्णय गरेको मुल व्यवस्थापन कमिटी सदस्य पौडेलले बताए ।