हेटौंडामा शुक्रबार ५४ युनिट रगत संकलन

तु खबर संवाददाता
२०७८ पुष २३, शुक्रबार १७:३२

मकवानपुर । हेटौंडामा शुक्रबार दुई स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा ५४ युनिट रगत संकलन भएको रक्तसञ्चार केन्द्र हेटौंडाले जनाएको छ । केन्द्रका अनुसार, हेटौंडा–४ स्थित छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको आयोजना भएको कार्यक्रममा २९ युनिट र हेटौंडा–९ स्थित दुगड गु्रपको आयोजनामा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको हो ।

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २० औं वार्षिक साधारणसभा तथा छिमेक कर्मचारी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम भएको हो । यस्तै, शुक्रबार नै भएको निःशुल्क दन्त शिविर तथा सुगर–प्रेसर जाँच कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका छन् । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको उक्त कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका हुन् । जसमा ८२ जनाले दन्त सम्बन्धी र १ सय ५२ जनाले सुगर-प्रेसर सम्बन्धी निःशुल्क सेवा लिएका हुन् ।