हेटौंडामा एकीकृत प्रगतिशील इन्जिनियर समूहको चुनावी सभा हुँदै
मकवानपुर । हेटौंडामा एकीकृत प्रगतिशील इन्जिनियर समूहको केन्द्र र बागमती प्रदेशको चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रम हुने भएको छ । कार्यक्रम यही पुस २५ गते सामाजिक विकास मन्त्रालयको सभाहलमा हुने भएको हो ।
एकीकृत प्रगतिशील इन्जिनियर समूह निर्वाचन परिचालन समितिको आयोजनामा हुने उक्त कार्यक्रम आइतबार बिहान साढे ११ बजे हुने भएको हो । कार्यक्रममा नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी तथा दोस्रो प्रदेश कार्यकारिणी समितिको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दिएकाहरुको सहभागीता रहनेछन् ।
केन्द्रीय कार्यकारणी पदको अध्यक्षका लागि डा. हरिराम पराजुलीले उम्मेदवारी दिएका छन् । यस्तै, उपाध्यक्षमा न्हसना तुलाधर, महासचिवमा डा। शंकर ढकाल, उप–महासचिवमा डा. समित थापा, कोषध्यक्षमा श्याम नारायण चौधरी र सह–कोषाध्यक्षमा स्मिता भट्टले उम्मेदवारी दिएका छन् । यस्तै, बागमती प्रदेश कार्यकारणी पदको सभापतिका लागि गिरीधर मिश्रले उम्मेदवारी दिएका छन् । यसैगरी, उपसभापतिमा शिव प्रसाद भण्डारी, सचिवमा अमर चन्द्र निराला, सह–सचिव कमल पोखरेल, कोषाध्यक्षमा उमेश जंग थापाले उम्मेदवारी दिएका छन् ।
