नयाँ पाइलाद्वारा हेटौंडामा निःशुल्क दन्त शिविर तथा सुगर-प्रेसर जाँच

तु खबर संवाददाता
२०७८ पुष २३, शुक्रबार १६:१५

मकवानपुर । हेटौंडामा शुक्रबार भएको निःशुल्क दन्त शिविर तथा सुगर-प्रेसर जाँच कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका छन् । समृद्ध नेपालको लागि नयाँ पाइला संस्थाले हेटौंडाको बुद्धचोकमा आयोजना गरेको उक्त कार्यक्रममा १ सय ३४ जनाले सेवा लिएका हुन् । जसमा ८२ जनाले दन्त सम्बन्धी र १ सय ५२ जनाले सुगर-प्रेसर सम्बन्धी निःशुल्क सेवा लिएका हुन् ।

शिविरमा उज्ज्वल डेण्टल केयर एण्ड अर्थोडेण्टीस सेन्टर र डाइनामिक सर्जिकल हाउस मुख्य प्रायोजक रहेको थियो । दन्त सम्बन्धी समस्या भएको जेष्ठ नागरिक तथा अपाङ्गता भएको बिरामीलाई ५० प्रतिशतदेखी बिरामीको अवस्था हेरेर निःशुल्क सेवा दिन तत्पर रहेको उज्ज्वल डेण्टलका डा. दिलिप कुमार यादवले बताए । उनले बालबालिकाको लागि ३० प्रतिशत र वयस्कको लागि २५ प्रतिशत छुटमा उपचार हुने समेत जानकारी दिए ।

हेटौंडा उपमहानगरपालिका नगर प्रमुख हरिबहादुर महतको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा संस्थाका संरक्षक रिपेश रिद्धी दाहाल, प्रमुख सल्लाहकार प्रकाश दाहाल, कानुनी सल्लाहकार बालकृष्ण अधिकारी, स्वास्थ्य विभाग प्रमुख अनिल उप्रेती र जिल्ला प्रहरी कार्यालय प्रहरी हवल्दार दिनेश साहलगायतको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक निष्कर्ष लामाको सभाध्यक्षतामा सप्पन्न भएको थियो।