सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडाले मनायो स्थापना दिवस
मकवानपुर । सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी हेटौंडाले २९ औँ स्थापना दिवस मनाएको छ । बुधबार विद्यालयको प्राङगानमा भव्य कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो । विद्यालयका संस्थापक अध्यक्ष क्रषिराम आचार्यको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर—१० का जनप्रतिनिधि इन्द्र नेपालको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रमुख अथिति जनप्रतिनिधि नेपालले विद्यालयले राम्रो शिक्षा दिन सकेको बताए । उनले जिल्लाको शैक्षिक केन्द्रको रुपमा रहेका विद्यालयले आगामी दिनमा व्यवहारिक र प्रयोगात्मक शिक्षामा जोड दिन आग्रह गरे । विद्यालयले ठुलाठुला विद्धानहरु उत्पादन गरेको भन्दै खुशी व्यक्त गरे । नेपालले देशका सबै विद्यालयमा यस्तै व्यवस्थापन हुन सके शिक्षामा फड्को मार्ने उहानको भनाइ छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन)का केन्द्रिय सदस्य मदन दाहालले शिक्षाका क्षेत्रमा निकै महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै विद्यालयले बालबालिकालाई गुणस्तरीय शिक्षासंगै ,सिर्जनशील, लगनशील, अनुशासित र स्वावलम्बनको पाटोमा समेत जोड दिएको बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याप्सन)का जिल्ला अध्यक्ष विनोद सुवेदीले विद्यालयलाई नमुना बनाउनका लागि शिक्षकको भुमिका सबैभन्दा बढी महत्वपुर्ण हुने हुँदा शिक्षकहरुले त्यसमा जिम्मेवारीका साथ लाग्नुपर्ने बताए । उनले शैक्षिक क्षेत्रको उन्नतीका बिना विकास र समृद्धि प्राप्तिको लक्ष्य भेटाउन मुस्किल हुने हुँदा गुणस्तरीय, प्राविधिक तथा व्यवसायीक शिक्षा आजको आवश्यकता भएको बताए ।
हेटौंडामा एउटा भाडाको घर लिएर २०४९ सालको पौष ३० गते स्थापना गरिएको उक्त विद्यालयमा हाल कक्षा १ देखि १० सम्ममा १७ सय विद्यार्थी अध्ययनरत छन् । विद्यालयले २७० जना विद्यार्थीलाई छात्रबृद्धि प्रदान गरेको छ । विभिन्न जिल्लाका अभिभावक विहिन,निम्न आर्थिक अवस्था भएका १ सय १० जनालाई आवशिय रुपमा निःशुल्क छात्रबृद्धि प्रदान गरेको छ भने दलित, जेहेन्दार, निम्न आर्थिक अवस्था भएका १ सय ६० जना विद्यार्थीहरुलाई छात्रबृद्धि प्रदान गरिरहेको विद्यालय संस्थापक अध्यक्ष क्रषिराम आचार्याले जानकारी दिए ।
विद्याललय स्थापना दिवसमा निःशुल्क भर्ना अभियान समेत संचालन गरेको छ । बुधबार ३० जना विद्यार्थीहरुले निःशुल्क भर्ना गराएको विद्यालयका सहायक प्रध्यानाध्यापक एस.के. ज्ञवालीले बताए । कार्यक्रममा स्थानिय टोल विकासका अध्यक्षहरु, अभिभावक, विद्यालयका शिक्षक र विद्यार्थीहरुको उपस्थित रहेको थियो ।
