जनमत पार्टीको काठमाडौंमा विरोध प्रदर्शन

तु खबर संवाददाता
२०७८ पुष २१, बुधबार १६:०७

काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको जनमत पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् । प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् । यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो ।