त्रिभुवन विमानस्थलबाट पक्राउ परे ‘गोरे’का भाई

तु खबर संवाददाता
२०७८ पुष २०, मंगलवार १८:३४

काठमाडौँ । ३३ किलो सुन प्रकरणका चुडामणि उप्रेती ‘गोरे’का भाई पक्राउ परेका छन् । प्रहरीले उनलाई अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो। मंगलबार साढे ३ बजेको फ्लाइटबाट काठमाडौं आइपुगेका मोरङ उर्लाबारी नगरपालिका–७ घर भएका रमेश उप्रेतीलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ ।

३३ किलो सुन तस्करी गरेको बाहिरिएपछि उनी दुबई बस्दै आएका थिए। ३३ किलो तस्करी गरी ल्याएको सुन गायब भएको थियो । उक्त सुन फेला नपर्दा पक्राउ परेका अभियुक्तहरू धरौटीमा रिहा हुन थालेपछि फरार रहेका व्यक्तिहरू पनि नेपाल फर्किन थालेको बताइएको छ । रमेश नेपाल फर्किँदै गरेको भन्ने प्रहरीले सूचना पाएको थियो। त्यसपछि उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।