विपीको मेलमिलापको नीति अझै सान्दर्भिक : बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विपीको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका छन् । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर १ को आयोजनामा राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै प्रदेश सभापति बानियाँले कांग्रेसले अवलम्बन गरेको मेलमिलापको नीति अझै सान्दर्भिक रहेको बताएका हुन् ।
उनले जनताको लागि कांग्रेसले माओवादीसंग मेलमिलापको नीति अवलम्बन गरेर देशमा रहेको शान्ति प्रक्रिया मार्फत द्वन्द्वको अन्त्य गरेको बताए । उनले कांग्रेसले राष्ट्रियताको लागि मेलमिलापको नीति लिएको भन्दै अब जनताको हितको लागि समृद्धिको अभियान अघि बढाउने बताए । कार्यक्रममा संघीय सांसद प्रकाशमान श्रेष्ठ, बागमती प्रदेशमा संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठ, सांसद राजेन्द्र गुरूङ लगायतको उपस्थिति रहेको थियोे ।
