इन्जिनियर्स एसोशिएसन बागमतीको सभापतिमा हेटौंडाका सापकोटाले उम्मेदवारी दिने

तु खबर संवाददाता
२०७८ पुष १६, शुक्रबार ०९:२७

मकवानपुर । नेपाल इन्जिनियर्स एशोसीएसनको ३३ औं केन्द्रीय कार्यकारिणि समिति अन्तरगत बागमती प्रदेश सभापतिमा हेटौंडाका बिनादे सापकोटाले उम्मेदवारी दिने भएका छन् । हेटौडां उपमहानगरपालिका वडा नम्बर–११ नवलपुरका कम्प्युटर ईन्जिनियरिङ विषयका उप–प्राध्यापक सापकोटाले आगामी माघ ७ गते हुने बागमती प्रदेशको निर्वाचनमा उम्मेदवारी दिने भएका हुन् ।

प्रगतीशिल इन्जिनियर्स एशोसीएसन अफ नेपाल (पीन) का तर्फबाट सापकोटाले सभापतिमा उमेदवारी दिनेगरी चुनाबी प्रचार प्रसारको कामलाई तिब्रता दिइएको छ । काठमाण्डौं थापाथली क्याम्पसका कम्प्युटर ईन्जिनियरिङ विषयका उप–प्राध्यापक सापकोटासंगै उनीको टिमबाट १५ जनाले उमेदवारी दिनेगरी प्रचार प्रसार अभियानमा लागेका छन् ।

नेपाल इन्जियर्स एशोसीएसनको ३३ औं केन्द्रीय कार्यकारिणि समितिको अध्यक्षमा इन्जिनियर डाक्टर सुरज लामिछाने र महासचिबमा ईन्जिनियर डाक्टर भेषराज थापाले उम्मेदवारी दिने भएका छन् । बागमती प्रदेशबाट केन्द्रीय कार्यकारिणि सदस्यमा ईन्जिनियर सुब्रत मणि दीक्षितले उमेदवारी दिने भएका छन् । यसैगरी, एसोशिएसन बागमती प्रदेश उप–सभापतिमा ईन्जिनियर कृष्ण प्रसाद घिमिरे, सचिवमा ईन्जिनियर हरेराम होमागाईं, सहसचिवमा ईन्जिनियर सचिन अधिकारी, कोषाध्यक्षमा ईन्जिनियर पुरन सुवेदी क्षेत्रीले उम्मेदवारी दिने भएका छन् ।

त्यसैगरी सदस्यहरुमा ईन्जिनियर गुन्जन गौतम, ईन्जिनियर प्रवेशराज देवकोटा, ईन्जिनियर चन्द्रमणि बराल, ईन्जिनियर तिलक बहादुर श्रेष्ठ, ईन्जिनियर प्रदिप तामाङ, ईन्जिनियर विकास भट्ट, ईन्जिनियर आरती लामिछाने र ईन्जिनियर तेज प्रसाद लामिछानेले उम्मेदवारी दिने भएका छन् ।