माओवादी महाधिवेशन : २५ वटै समूहको छलफल सकियो
काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनअन्तरगत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ । उक्त प्रतिवेदनमाथि बुधबार र बिहिबार गरी समूहगत छलफल सकिएको हो । बिहीबार १४ समूहका टोलीको छलफल सकिएसँगै २५ समूहको सकिएको हो ।
यसअघि बुधबार ११ समूहका टोली नेताले रिपोर्टिङ गरेका थिए । महाधिवेशन अन्तर्गत समूहगत छलफल सकिएलगत्तै स्थायी कमिटी बैठक पनि सुरु भएको छ । बैठकमा आएका सुझावहरूलाई कसरी समेट्ने भन्नेबारे सो बैठकमा छलफल हुने नेताहरुले बताएका छन् । शुक्रबार लेखा आयोग, अनुशासन आयोग र निर्वाचन आयोगको प्रतिवेदन पनि पेश हुनेछ । त्यस्तै, फरक मत तथा पुरक दस्तावेज पनि अध्यक्ष मण्डललाई प्राप्त भएको अध्यक्ष मण्डले जनाएको छ ।
