शैक्षिक परामर्श व्यवसायी संघ बागमतीको सचिवमा मकवानपुरका लामिछाने
मकवानपुर । प्रगतिशील शैक्षिक परामर्श व्यवसायी संघ बागमती प्रदेश कमिटीको प्रथम अधिवेशनबाट सचिव पदमा मकवानपुरका कृष्ण लामिछाने सर्वसम्मत चयन भएका छन् । सोमबार चितवनको भरतपुरमा भएको सम्मेलनले केटिएम कन्सल्टिङ् ग्रुप हेटौंडाका संचालकसमेत रहेका लामिछानेलाई सचिवको जिम्मेवारी दिएको हो । उनीसंगै मकवानपुरका ४ जना संघको सदस्य पदमा चयन भएका छन् ।
कमिटीको अध्यक्षमा हिम्मत पुरी, बरिष्ठ उपाध्यक्षमा सुवास गौतम, उपाध्यक्षमा डा.टंक ओझा र इश्वर पाठक र सहसचिवमा प्रकाश रिजाल चयन भएका छन् । त्यस्तै कमिटीको सदस्यहरुमा गुरु तिवारी, जिवन अधिकारी, रिषिराम भण्डारी, रिता पौडेल, उमेश हुमागाँई, आलोक श्रेष्ठ, किशोर अर्याल, मनिष अधिकारी, कुमार नेवार, शुरेश स्थापित, शिव सुवेदी र नगेन्द्र थापा चयन भएका हुन् । नेकपा एमालेका पोलिटव्यूरो सदस्य देवी ज्ञवालीले सम्मेलनको उद्घाटन गरेका हुन् ।
उनले नवनिर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै संघको संस्थागत विकासको लागि पार्टीको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे । कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष विष्णुहरी पोखरेल, केन्द्रीय सदस्य शेखर थपलिया लगाएतको आतिथ्यता रहेको थियो ।
