हेटौंडाको क्याम्पा रंगशालालाई ५ लाख सहयोग गर्ने
मकवानपुर । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सीपल पुरनबहादुर जोशीले निर्माणाधिन क्याम्पा रंगशालाका लागि ५ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । पिप्ले युवा क्लबको अगुवाईमा निर्माणाधिन हेटौंडा–५ क्याम्पा रंगशालाको सोमबार अवलोकन गर्दै जोशीले सहयोगको घोषणा गरेको क्लबका अध्यक्ष सुशील घिमिरेले जानकारी दिए ।
क्याम्पा रंगशालामा ३ हजार ५ सय दर्शक क्षमताको आरसीसी प्यारापिट तथा २ हजार दर्शक क्षमताको फलामे ट्रसको प्यारापिट बनाइँदै छ । स्थानीय सरकार, विभिन्न संघ, संस्था र व्यक्तिको सहयोगमा नागरिकस्तरबाट निर्माणाधिन रंगशालाका लागि नियमितजसो सहयोग प्राप्त भइरहेको क्लबका अध्यक्ष घिमिरेले बताए । जोशीले उपलब्ध गराउने उक्त रकमबाट फलामे ट्रसको प्यारापिट नै निर्माण गरिने अध्यक्ष घिमिरेले बताए ।
