दियालो सहकारीको अध्यक्षमा दिपक बर्तौला निर्विरोध
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको दियालो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा दिपक बर्तौला निर्विरोध चयन भएका छन् । शनिबार भएको संस्थाको ७ औं बार्षिक साधारणसभाले बर्तौलाको संयोजकत्वमा ७ सदस्यीय नँया कार्य समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा भवानी बस्ताकोटी, सचिवमा दिपक सिवाकोटी, कोषाध्यक्षमा पशुपति नहर्की, सदस्यहरु क्रमशः अनिल पाठक, सुस्मा दुलाल, दल बहादुर थापा मगर चयन भएका छन । त्यस्तै, लेखा समितिमा पुरुषोतम न्यौजानेको संयोजकत्वमा सरिता शाहि र देवी कुमारी थिङ सदस्य रहेका छन । शिक्षा उप–समितिमा दल बहादुर थापा संयोजक रहेका छन । सभाले पशुपति नहर्कीको संयोजकत्वमा ३ सदस्यीय ऋण उप–समिति चयन गरेको छ । सभाले शिबराज बर्तौलालाई बरिष्ठ सल्लाहाकार चयन गरेको छ ।
कार्यक्रम संस्थाका अध्यक्ष शिवराज बर्तौलाको सभाध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघका सचिब बिरेन्द्र ढुंगानाको प्रमुख आतिथ्यता भएको होे । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ का वडाध्यक्ष राम कुमार पुडासैनीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जेष्ठ नागरिक शेयर सदस्यमा मिठ्ठु माया थापा मगर एकल महिला शेयर सदस्य गिता श्रेष्ठ,देब कुमारी लामा,उत्कृष्ट ऋणीतर्फ सृजना भ्लोन,उत्कृष्ट बचतकर्ता सुनिता पाठक,सन्त बहादुर नेपाललाई सम्मान गरिएको थियो । यसैगरि संस्थाले संचालन गरेको दुग्ध केन्द्रमा अधिकतम दुध बिक्री गर्ने दिलसरा डाँगीलाई सम्मान गरेको थियो ।
कार्यक्रममा हेटौंडा–१९ मा रहेको मनकामनामाई बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष हरिवंश भेटवाल, राजदेबि बहुद्देश्य साकोसको प्रतिनिधी, परिबर्तन महिला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष सविना विडारी, दिव्यतारा बचत तथा ऋण सहकारी संस्था सान्नाटार शाखाका राजु घले, दिपज्योति महिला बचत तथा ऋण सहकारी संस्थाको प्रतिनिधी, साना किसान सहकारी संस्थाका प्रतिनिधी ,स्थानिय विधालयका प्रतिनिधी,आमा समुह,प्रहरी पोष्टका प्रतिनिधी लगायतको उपस्थिती रहेको थियो ।
