बागमती प्रदेशमा ३ मन्त्री र ३ राज्यमन्त्री थपिँदै
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज शुक्रबार मन्त्रिपरिषद् विस्तार गर्दैछन् । मुख्यमन्त्री पाण्डेले चौथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार, आज प्रदेशमा कांग्रेसबाट ३ जना मन्त्री थपिँदै छन् । त्यस्तै ३ जना राज्यमन्त्री थपिने जनाइएको छ ।
उनीहरुलाई आजै साँझ पद तथा गोपनियताको सथप ग्रहण गराइने तयारी भइरहेको स्रोतले जनाएको छ । आज ६ जना मन्त्री र राज्यमन्त्री थपिँदा बागमती प्रदेशमा मन्त्री र राज्यमन्त्रीको संख्या १८ पुग्ने भएको हो । मुख्यमन्त्री पाण्डेले दलीय भागबाण्डा मिलाउन ८ मन्त्रालय फुटाएर १४ पुर्याएका हुन् । निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यसअघि नै सामाजिक विकास मन्त्रालय फुटाएर मन्त्रालयको संख्या ८ पुर्याएकी थिइन् ।
