प्रधानमन्त्री देउवा पुस अन्तिममा भारत जाने

तु खबर संवाददाता
२०७८ पुष ९, शुक्रबार १४:४८
file-photo

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा पुस अन्तिम सातामा भारत भ्रमणमा जाने भएका छन् । उनीभारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा भारत जान लागेका हुन् । गत कात्तिकमा बेलायतको ग्लास्गोमा भएको जनवायु परिर्वतनसम्बन्धी सम्मेलन ‘कोपा–२६’ का क्रममा भएको भेटमा दुई देशका प्रधानमन्त्रीले भ्रमणको निम्तो दिएका थिए ।

नेपाली कांग्रेसको सभापतिमा पुनः निर्वाचित भए लगतै देउवा भारत जान लागेका हुन् । बालुवाटार उच्च स्रोतका अनुसार प्रधानमन्त्री देउवाको भ्रमणका लागि जनवरी पहिला साताको मिति प्रस्ताव गरिएको छ । यद्यपि जनवरी १० मा पनि हुनसक्ने छ । कांग्रेसको गत मंसिर २४ गतेदेखि भएको १४ औं महाधिवेशन अन्तरगत नयाँ नेतृत्वको लागि सभापति पदमा पुनः शेरबहादुर देउवा निर्वाचित भएका हुन् ।