एमालेका उपसचिव एकीकृत समाजवादीमा प्रवेश
काठमाडौं । नेकपा एमाले बाँकेका उपसचिव प्रमोद धिताल नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् । धिताल आज (बिहिबार) कोहलपुरमा आयोजित कार्यक्रममा एमाले परित्याग गरी एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनलाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएको सो पार्टीका लुम्बिनी प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।
शुरुदेखि माधव नेपाल समूहमा रहेर पनि एमाले विभाजन हुँदा धिताल नेपाललाई छोडेर एमालेमै बसेका थिए । आज फेरि माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् । उनले एमालेमा अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई विधि र विधान विपरित चलाउँदै काम गर्ने वातावरण नबनाएको भन्दै असन्तुष्टी पोखे ।
