५ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार १६:२६

मकवानपुर । बागमती प्रदेशका पत्रकारका लागि संचालन भएको ५ दिने आधारभूत पत्रकारिता तालिम सोमबार सम्पन्न भएको छ । बागमती प्रदेश सञ्चार रजिस्ट्रारको कार्यालयको आयोजना बिहीबारबाट सुरु भएको तालिम सोमबार सम्पन्न भएको हो । बागमती प्रदेशका १७ जना पत्रकारको सहभागिता रहेको तालिममा पत्रकारहरु विनोद ढुङ्गेल, विकास कार्की, रविराज बराल, नेत्र पन्थी र गंगा बीसीले प्रशिक्षण गराएका थिए ।

तालिममा पत्रकारिता कसरी गर्ने, समाचार लेखन, अनलाइन पत्रकारिता कसरी गर्ने, फोटो फिचर, मोबाइल पत्रकारिताका बारेमा प्रशिक्षण दिइएको थियो बागमती प्रदेश संचार रजिस्ट्रार कार्यालयका प्रमुख रेवती सापकोटाको अध्यक्षतामा तालिमको समापन भएको हो । तालिममा मकवानपुरसहित सिन्धुपाल्चोक, सिन्धुली, चितवन र काठमाडौंका पत्रकारहरुको सहभागिता रहेको थियो । तालिममा समृद्ध समाज दैनिकका जमुना तामाङ र रविन्द्र वाईबा पनि सहभागी थिए ।