आज नेप्से परिसूचक ५६ अंकले वृद्धि
काठमाडौं । आज साताको तेस्रो दिन मंगलबार नेप्सेमा हरियाली छाएको छ । लगातार ओरालो लागेको नेप्सेमा आज एकैदिन ५६ दशमलव ७३ अंकको बृद्धि भएको छ । नेप्से परिसूचक २ दशमलव ४१ प्रतिशतले बृद्धि भएर २ हजार ४१५ दशमलव ५५ विन्दु कायम भएको छ ।
आज नेप्सेमा सूचिकृत २२६ कम्पनीको ४९ लाख ७४ हजार २५३ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३८ करोड ३२ लाख ५९ हजार ८४६ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमा नै आज हरियाली छाएको छ । सर्वाधिक जीवन बीमा समूहमा २०६ रुपैयाँ र निर्जीबन बीमा समूहमा २०४ रुपैयाँको बृद्धि भएको छ । त्यस्तै, आज सर्वाधिक हुने कम्पनीमा हिमालयन डिस्टीलरी रहेको छ । सो कम्पनीको आज एकैदिन १४ करोड ५८ लाख भन्दा माथिको कारोबार भएको हो ।
साथै आज ग्रीन डेभलपमेन्ट बैंक र जानकी फाइनान्सको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज सर्वाधिक गुमाउने कम्पनीहरुमा गोर्र्खाज फाइनान्स रहेको छ । कम्पनीको शेयरमूल्य आज ८ दशमलव ८९ प्रतिशत अंकले घटेको हो । त्यस्तै, नबिल ब्यालेन्सड् फण्ड–२ को ३ दशमलव ५२ प्रतिशत, तेह्रथुम पावरको ३ दशमलव २६ प्रतिशत, एनएमबि डिबेञ्चरको २ दशमलव ५० प्रतिशत, नबिल डिबेञ्चरको २ प्रतिशत र मैलुङ खोला जलविद्युतको १ दशमलव ९९ प्रतिशतले घटेको हो ।



