कांग्रेस मधेशी खुलातर्फको केन्द्रीय सदस्यमा चौरसीया पहिलो नम्वरमा

तु खबर संवाददाता
२०७८ पुष ६, मंगलवार १५:१५
file-photo

काठमाडौँ ।  नेपाली काँग्रेसको मधेसी खुलातर्फको केन्द्रीय सदस्यमा संस्थापन पक्षको वर्चश्व देखिएको छ । ४ हजार ६ सय ६७ मत खसेकोमा अजय चौरसियाले २ हजार ५ सय २२ मत ल्याएर पहिलो स्थानमा उभ्याएका छन् । यस्तै दोस्रो नम्बरमा २२०६ मतसहित विनोद चौधरी विजयी भएका छन् । तेस्रो नम्बरमा चन्द्रमोहन यादव २१३८ मतसहित निर्वाचित भएका छन् ।

चौथोमा महेन्द्रकुमार रायले १९८४ र पाँचौँ नम्बरमा दिनेशकुमार यादवले १९५९ मतसहित निर्वाचित भएका छन् । जसमा चन्द्रमोहन शेखर कोइरालाको समूहबाट निर्वाचित भएका छन् । यस्तै चार जना महिलातर्फ भने देउवा पक्षले क्लिन स्विप परेको छ । देउवा समूहकी मुक्ता कुमारी यादव ३ हजार ९ सय ६९ मत ल्याएर पहिलो स्थानमा निर्वाचित भएकी छन् । यस्तै मिनाक्षी झा ३ हजार १२, मन्जुकुमारी यादव २ हजार ८ सय ८३ र नागिना यादव २ हजार ८ सय ४६ मत ल्याएर विजयी भएकी छन् ।