सोमबार पनि १७ अंकले घट्यो नेप्से

तु खबर संवाददाता
२०७८ पुष ५, सोमबार १६:२२

काठमाडौं । आज साताको दोस्रो दिन पनि सेयर बजार परिसूचक नेप्से घटेको छ । केही दिनदेखि लगातार घट्दो क्रममा रहेको नेप्सेले आज पनि १७ अंकलेघटेको हो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक १७ दशमलव ९३ अंकले घटेर २३ सय ५८ दशमलव ८१ विन्दुमा झरेको छ ।

गत हप्ताको अन्तिम दिन बिहीबार यस्तो सूचक ३७ दशमलव ८७ अंकले घटेको थियो । यस्तै, आज २३१ कम्पनीको ५४ करोड ३९ हजार कित्ता सेयर ३७ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा जम्मा २ अर्ब ४६ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । आज उत्पादनमूलक र माईक्रोफाइनान्स बाहेक सबै क्षेत्रको उपसूचक राताम्मे भएको छ । उत्पादनमूलक क्षेत्र ३ दशमलव ५२ अंकले वृद्धि भएको छ भने माईक्रोफाइनान्सको क्षेत्र ० दशममलव १४ अंकले वृद्धि भएको छ ।

माउन्टेन इनर्जीका लगानीकर्ताले ६ दशमलव १७ प्रतिशत , नारायणी डेभलपमेन्टको ५ दशमलव ५ दशमलव ८६ प्रतिशत, मैलुङ खोलाको ५ दशमलव ८३ प्रतिशत, तेह्रथुम पावरको ५ दशमलव ३१ प्रतिशत र समृद्धि फाइनान्सको ५ दशमलव २० प्रतिशतले घटेको छ । यस्तै, आज आज गुर्खाज फाइनान्स र हिमालयन डिस्टिलरीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कृषि विकास बैंकको ४.९९ प्रतिशत अंक, महुली सामुदायिक लघुवित्तको ४.५३ प्रतिशत अंक र शिवश्री हाइड्रोपावरको ४.२८ प्रतिशत अंकले बृद्धि भएकोछ ।