हेटौंडामा नेकपा एकीकृत समाजवादीको कार्यालय उद्घाटन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशको पहिलो बैठक र कार्यालय उद्घाटन भएको छ । समितिको प्रथम बैठक, भेला तथा प्रशिक्षण हेटौंडामा भएको छ । बैठक तथा कार्यालय उद्घाटन नेकपा समाजवादी बागमती प्रदेशको ईन्चार्ज इन्द्रप्रसाद तिमल्सिनाका सभाध्यक्षता तथा केन्द्रिय संयोजक राजु कार्कीको प्रमुख आतिथ्यतामा भएको हो ।
आज बसेको पार्टीको प्रथम बैठकले प्रदेशको कार्यसमिति चयन गर्नेछ । कार्यक्रममा नेकपा समाजवादीका केन्द्रिय प्रवक्ता मानबहादुर तामाङ लगायत विभिन्न जनवर्गिय संगठनका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । पाटीको बागमती प्रदेशको मुख्य कार्यालय हेटौंडामा उद्घाटन गरिएको छ ।
पार्टीको प्रदेश कार्यालयसँगै मकवानपुर जिल्ला समिति कार्यालयको पनि उद्घाटन भएको हो । बागमती प्रदेश राजधानी हेटौंडामा समाजवादीको प्रदेश र जिल्ला कार्यालय उद्घाटन गर्दै केन्द्रिय संयोजक राजु कार्कीले सातै प्रदेशमध्ये पहिलो हेटौंडामा प्रदेश कार्यालय स्थापना गरिएको बताए ।
