नाटककार प्रचण्ड मल्लको निधन

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार १६:३२

काठमाडौं । ख्यातिप्राप्त नाटककार प्रचण्ड मल्लको निधन भएको छ । केही समयदेखि अस्वस्थ उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्माले जानकारी दिए ।

उनका अनुसार, मल्लको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । अन्तिम संस्कार अघि साढे तीन बजेदेखि उनको पार्थिव शरीर आर्यघाट परिसरमै अन्तिम श्रद्धाञ्जलीका लागि राखिने शर्माले बताए ।