आज एमालेको पत्रकार सम्मेलन

तु खबर संवाददाता
२०७८ पुष २, शुक्रबार ०९:५१
file-photo

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंखर पोखरेलले आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दैछन् । गत मंसिर २५ र २६ गते बसेको केन्द्रीय कमिटीको दोस्रो बैठकले गरेका निर्णय सार्वजनिक गर्न दिउँसो साढे १ बजे बानेश्वरमा पत्रकार सम्मेलन गरिन लागिएको महासचिव पोखरेलले जानकारी दिए ।

गत मंसिर १० गतेदेखि १४ गतेसम्म चितवनमा भएको १० औँ महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सौराहामा र दोस्रो बैठक भक्तपुरमा बसेको थियो । दोस्रो बैठकले ४४ जना केन्द्रीय सदस्यको मनोनयनदेखि निर्वाचित ३०१ जना नेताहरुको कार्यविभाजन गरिसकेको छ ।