रक्षामन्त्री रिजालले पदबाट राजीनामा दिने

तु खबर संवाददाता
२०७८ पुष १, बिहीबार १४:२१
file-photo

काठमाडौं । रक्षामन्त्री मिनेन्द्र रिजालले पदबाट राजीनामा दिएका छन् । नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले प्रारम्भीम मत परिणाम आए लगतै राजीनामा घोषणा गरेका हुन् । रिजाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले असोज २२ गते रक्षामन्त्रीमा नियुक्त गरेका थिए ।

महामन्त्री पदको मतगणना जारी रहेको छ । निर्वाचन समितिका अनुसार ३१२० मतपत्र गन्दा गगन थापाले सर्वाधिक २०३७ मत पाएका छन् । यस्तै विश्वप्रकाश शर्माले १२५५ मत ल्याएका छन् भने प्रदिप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । यस्तै प्रकाशशरण महतले १०२४ र मीनेन्द्र रिजालले ५४६ मत पाएका छन् । राजाराम कार्कीले ७५ मत ल्याएका छन् ।