तोलामा ५ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौँ । बुधबार एकैदिन सुनको मूल्यमा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा वाला सुन तोलामा ५०० रुपैयाँले घट्दै ९२ हजार ३०० रुपैयाँमा झरेको हो । गत मंगलबार सुन प्रतितोला ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, यता तेजाबी सुनको मूल्य समेत आज तोलामा ५०० रुपैयाँले नै घट्दै ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । तर, यता चाँदीको मूल्यमा भने स्थिरता कायम हुँदै आज प्रतितोला एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
