मकवानपुर प्रहरीद्वारा हराएको मोटरसाईकल फेला पारी सम्बन्धीत धनीलाई बुझायो

तु खबर संवाददाता
२०७८ मंसिर २७, सोमबार १६:५२

मकवानपुर । मकवानपुर प्रहरीले हराएको मोटरसाईकल फेला पारी सम्बन्धित धनीलाई बुझाईएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्र बहादुर गुरुङ्गले मोटरसाइकल धनी हेटौडा उपमहानगरपालिका वडा नं. ५ बस्ने वर्ष ४० को खेमलाल श्रेष्ठलाई बुझाएका हुन् ।

मंसिर १९ गते साँझ ना ४२ प ६३८५ नम्वरको १५० सि.सि. पल्सर मोटरसाइकल मकवानपुरगढी गाउँपालिका वडा नं. २ कुर्लेबाट हराएको थियो । मोटरसाइकल हराएपछि श्रेष्ठले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मंसिर २१ गते निवेदन दिएका थिए । सोही उजुरीको आधारमा खोजतलास गर्ने क्रममा अस्थायी प्रहरी पोष्ट हटिया मकवानपुरबाट खटिएको प्रहरी गस्ति टोलीले मंसिर २१ गते दिउँसो हेटौडा–१६ मिलनचोकस्थित सडकमा फेला पारी सम्बन्धित धनी श्रेष्ठलाई बुझाएको हो ।